आईतवार, आश्विन २०,२०८१ 10:55:18
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 10:55:18
IME remit
Global IME Bank Limited

विलिङको विङ्गो इभीमा नेपालभित्रका लागि छैन वारेन्टी, सस्तो कारको पछि लाग्दा ग्राहक फसे !

Hyundai Nepal
विलिङको विङ्गो इभीमा नेपालभित्रका लागि छैन वारेन्टी, सस्तो कारको पछि लाग्दा ग्राहक फसे !
Nabil Bank Limited

काठमाण्डौ । नेपालको अटो बजार पछिल्लो समय इभीमय छ । यही मौकामा व्यापारीहरुले छोटो समयमा पैसा कमाउने उद्देश्यले नेपालभित्र वारेन्टी नै नभएका कारहरु आयात गरी जथाभावी बिक्री गरिरहेका पाइएको छ । पछिल्लो उदाहरणको रुपमा विलिङ कम्पनीको बिङ्गो लगायतका विभिन्न ब्राण्डहरुलाई लिन सकिन्छ ।  

विलिङको विङ्गो इभी पछिल्लो समय पारामाउण्ट मोटर्सले नेपाल भित्र्याएर ग्राहक लोभ्याउने अफरसहित धमाधम बिक्री गरिरहेको छ । पारामाउण्टभन्दा अगाडि विलिङका इभीहरु नेपालमा इभी नेपाल मोटर्स(बज्र ग्रुपको सब्सिडरी)ले भित्र्याएको थियो । यी दुवै आयातकर्ताले नेपाल भित्र्याएका विलिङका विभिन्न नामका इभी एसयूभीमा नेपाली उपभोक्ताले स्वदेशमै वारेन्टी भने नपाउने अवस्था रहेको खुलासा भएको छ । 

Bizshala
Shivam Cement
CG Motors

विलिङको बिङ्गो कार भित्र्याएर बिक्री गरिरहेको पारामाउण्ट मोटर्सले विभिन्न सरकारी निकायमा पेश गरेको निर्यातकर्ता कम्पनीसँगको डिस्ट्रीब्यूसन अग्रीमेन्टमा यस्तो खुलासा भएको हो । त्यस्तो सम्झौतामा विलिङको बिङ्गो लगायतका इभी कारहरुको वारेन्टी चीन र इण्डोनेशिया टेरोटोरीमा मात्र हुने प्रष्ट लेखिएको छ । यसको अर्थ नेपालमा विलिङका इभी कारहरुको वारेन्टी उत्पादक तथा निर्यातकर्ता कम्पनीले दिएको छैन ।  

यसरी नेपाल टेरोटोरीमा वारेन्टी नै नभएका गुणस्तरहीन र लगानीका हिसाबले जोखिमपूर्ण इभीहरु पारामाउण्ट मोटर्स र इभी नेपालले बिक्री गरिरहेको खुलेको छ ।  

'नेपाल टेरोटोरीमा वारेन्टी छैन भन्नुको अर्थ यस्ता कम्पनीका इभीहरु किनेर भोलि वारेन्टी दाबी गर्न ग्राहकले नेपालभित्रै पाउने छैनन् । ग्राहकले कुनै समस्या भएर वारेन्टी दाबी गर्नुपरेमा कि त इण्डोनेशिया वा चीन नै पुग्नुपर्ने बाध्यता हुनेछ ।' एक सरकारी अधिकारीले बिजशालासँग भने-'गाडी बिक्री गर्ने बेलामा नेपाल टेरोटोरीका लागि वारेन्टी छ छैन भन्नेजस्तो सम्वेदनशील सूचना नै लुकाएको पाइयो । यसमा सम्बन्धित सरकारी निकायहरुले समेत बेवास्ता गरेका देखिन्छ । देशभित्रका उपभोक्ता विलिङका सस्ता इभीमा पैसा खन्याइरहँदा उनीहरुमाथि यति ठूलो धोकाधडी भइरहेको विषय गम्भीर छ । यसमा छानबिन हुनुपर्छ ।' 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

पारामाउण्ट मोटर्सले सस्ता रेञ्जका इभी एसयूभीहरुमा ग्राहकको आकर्षण बढेको देखेर विलिङको बिङ्गो भित्र्याएको थियो । भित्र्याएलगत्तै बिङ्गोको मूल्य ३२ लाख कायम गरिएको थियो । तर, पछि नाडा अटो शोको अफरको नाम दिएर मूल्य २ लाख रुपैयाँ घटाएर ३० लाख कायम गरियो । यो मूल्यमा समेत सामान्य नेगोसिएसन गरी अझ कमसम्ममा पनि कार बिक्री भइरहेको पाइएको छ । तर, नेपाल टेरोटोरीमा वारेन्टी नभएकै कारण कम्पनीले विलिङको बिङ्गो इभी निकै सस्तोमा नेपाल भित्र्याएको स्रोतले बताएको छ । 'ग्राहकलाई वारेन्टी नै दिनु नपरेपछि मूल्य पनि सस्तो हुने भइहाल्यो ।' एक अटो व्यवसायीले भने-'विलिङ मात्र होइन, धेरै कम्पनीको इभीहरुमा यस्तै फ्रड भएको छ । यो विषयमा राज्यका निकायहरुले समेत चासो राख्नुपर्छ ।'  

स्रोतहरुले ग्राहकहरुले समेत विलिङ वा अन्य कुनै ब्राण्डका इभी खरीद गर्दै गर्दा लिखित वारेन्टी लिनुपर्ने सुझाएका छन् । सम्बन्धित कम्पनीले लिखित वारेन्टी नदिएको अवस्थामा इभीकै नाममा सस्तो दर देखेर पैसा नफसाउन समेत जानकारहरुको आग्रह छ ।  

नेपालभित्र वारेन्टी नै नभएको विलिङका इभी कार भित्र्याएर ग्राहकहरुलाई बिक्री गरिरहेको पारामाउण्ट मोटर्स एमजीका इभी ब्राण्डको समेत नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हो । एमजीका इभीहरुमा पनि पछिल्लो समय एकपछि अर्को समस्याहरु देखिएका थिए । एमजीका इभीहरुको त्रुटिपूर्ण इञ्जिनियरिङ तथा कमजोर सिस्टमका कारण एक कांग्रेसका नेताको छोरी कोमामै पुग्नुपर्ने अवस्था बनेको थियो । एमजीका इभीहरुमा केही ठाउँमा अचानक आगलागीका घटना पनि भएका थिए ।  

बिङ्गो इभीमा नेपाल टेरोटोरीमा वारेन्टी नै नभएको विषयमा पारामाउण्ट मोटर्सको प्रतिक्रिया लिन खोज्दा कुनै पनि जिम्मेवार व्यक्ति सम्पर्कमा आएनन् ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.