मंगलवार, असार १७,२०८२ 06:34:59
  • मंगलवार, असार १७,२०८२ 06:34:59
Global IME Bank Limited

विजयकुमार शाह परिवारद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता

Hyundai Nepal
विजयकुमार शाह परिवारद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । विजयकुमार शाह परिवारले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्यचिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसीयु र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग  प्रतिबद्धता जनाएको छ ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बाल स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने विश्वास गरिएको छ । जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसीयु र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पिएसआइसीयु नामाकरण गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत भदौ १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ), ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरीरहेको छ । यद्यपी, यो सहयोग शाह परिवारको निजी पूँजिबाट प्रदान गरीएको हो । कुल सहयोग प्रतिबद्धता मध्ये बाँकि ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ । 

सबै सहयोग रकम विजयकुमार शाहको निजी सम्पतीबाट गरिएको हो । प्रस्तुत सहयोग ३ पटक सम्म नेपालकै शिर्ष करदाता भएका विजयकुमार शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको शाह परिवारले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.