काठमाण्डौ । चिनियाँ नयाँ ईभी ब्राण्ड लि अटो र जिकरले सेप्टेम्बर महिनामा रेकर्डतोड कार आपूर्ति गरेका छन् । दुवै कम्पनीले मंगलबार जारी गरेको प्रतिवेदनमा यस्तो देखिएको छ ।
कम्पनीहरुले डेलिभर गरेको कारहरुमा हाईब्रिड र ब्याट्रीबाट मात्रै चल्ने कारहरु समावेश छन् । सेप्टेम्बर महिना लि अटोले ५३ हजार ७०९ युनिट कार डेलिभरी गरेको छ । जसन यस अघिको जुलाई महिनाको रेकर्डभन्दा ५ प्रतिशतले धेरै हो । कम्पनीले फ्युल ट्याङका साथै ब्याट्रीमा समेत कार उपलब्ध गराएको छ ।
यस्तै जिकरले पनि २१ हजार ३३३ युनिट कार आपूर्ति गरेको छ । जुन कम्पनीले आपूर्ति गरेको हालसम्मकै उच्च हो ।
यस्तै एक्स्पेङजीले पनि २१ हजार ३५२ युनिट कार डेलिभरी गरेको छ ।