बिहीबार, बैशाख ३१,२०८३ 04:32:34
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:32:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पिपुल्स पावर कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, चार्टमा बन्यो ‘शुटिङ स्टारसँगै वियरिस डाइभर्जेन्स ’

Laxmi Sunrise Bank Limited
पिपुल्स पावर कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, चार्टमा बन्यो  ‘शुटिङ स्टारसँगै वियरिस डाइभर्जेन्स ’
Shivam Cement

काठमाण्डौ । पिपुल्स पावर  कम्पनी लिमिटेड नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरु मध्य एक हो । यो कम्पनीले इलाम जिल्लामा ४.९६ मेगावटको क्षमताको विद्युत आयोजना निमाण सम्पन्न गरेको छ । यो आयोजनाको कुल लागत ९५ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ । औषत लागत(प्रति मेगावाट) भने १९ करोड १६ लाख रुपैयाँबराबर रहेको छ ।  

अधारभुत पक्षः

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ६३ करोड २६ रुपैयाँ मात्रै रहेको छ । कम्पनीको जगेडा कोष १ करोड ५९ लाख रुपैैयाँले ऋणत्मक अवस्थामा रहेको छ । कम्पनीको खुद मुनाफा ४२ लाख ७६ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ९७.४७ रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको रिर्टन अन इक्विटी ६.८८ प्रतिशत रहेको छ ।  

Bizshala
New Office
CG Motors

प्राविधिक पक्षः

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरमा यो कम्पनी स्ट्रङ बुलिस सेन्टिमेन्ट अर्थात ८० को  विन्दुमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको अधिक आकर्षण रहेको भन्ने हो । यदि यस्तो विन्दु २० तल भएको खण्डमा भने कम्पनीप्रति लगानीकर्ता अधिक विर्कषण रहेको भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ३९८ रुपैयाँ रहेको थियो भने न्युन मुल्य २०२ रुपैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयर ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । करिव ६३.२६ करोड चुक्तापूँजी रहेको कम्पनीमा ५१ प्रतिशत संस्थापक समूहको र ४९ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।  

बोलिङगर ,म्याक्डी र  आरएसआई  

बोलिङगर ब्यान्डको आधारमा यो कम्पनी हाल अपर ब्यान्डमा चलेको देखिन्छ । आइतबारको क्यान्डलमा यो कम्पनीमा शुटिङ स्टार बनेको छ । अर्थात माथि लामो धागो सहितको क्यान्डल बनेको छ । यो भनेको कम्पनीको सेयर भाउमा उच्च उतारचढाव रहेको छ भन्ने हो । तर यस क्यान्डल पछि पनि आज उच्च कारोबारसहित बुलिस प्रकृतिको क्याण्डल बनेको छ । 

तर अघिल्लो दिनको क्यान्डल भन्दा माथि बन्द हुन सकेको छैन । म्याक्डी मार्फत हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर अझै भ्यालिड नै रहेको छ । आरएसआई यस अघि ८२ को तहबाट खसेर हाल ७२ को तहमा रहेको छ । अर्थात कम्पनीको सेयरमा वियरिस डाइभर्जेन्स बनेको छ । मनी फ्लो इन्डेक्सबाट हेर्दा पनि वियरिस डाइभर्जेन्स नै बनेको देखिन्छ । यो भनेको कम्पनीको सेयरको मूल्य बढ्दै गर्दा मनिफ्लो इन्डेक्सको विन्दु घट्दै जानु हो ।  

हेर्नुहोस माथि मूख्य तस्बिरमा  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –४९७

प्रतिरोध २ –४२९

प्रतिरोध १– ३९०

पिभट प्वइन्टः ३२२

घटेमा सपोर्ट  

सपोर्ट १– २८३

सपोर्ट २– २१५

प्रतिरोध ३ –१७६

निष्कर्षः आधारभुत रुपमा  यो कम्पनीलाई नियाल्दा यो कम्पनीले पछिल्लो बर्षमा  जगेडा कोष ऋणात्मक रहेको छ  । यद्यपी कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी भने सकारात्मक नै रहेको छ । कम्पनीको बुक भ्यालु १०० तल ९७ रुपैयाँ मात्रै रहेको छ । 

प्राविधिक रुपमा यो कम्पनीलाई फिएर एण्ड ग्रिडमार्फत हेर्दा स्ट्रङ बुलिस सेन्टिमेन्ट देखिन्छ । यो भनेको कम्पनीमा लगानीकर्ताको आकर्षण रहेको छ भन्ने हो । तर कम्पनीलाई अन्य इन्डिकेटर बोलिङगर ब्यान्ड , म्याक्डी तथा आरएसआई बाट हेर्दा भने कम्पनीको आरएसआई र मनीफ्लो इन्डेक्समा वियरिस डाइभर्जेन्स देखिन्छ । अर्थात सेयरको मूल्य बढ्दै जाँदा आरएसआई घट्दै गएको देखिन्छ ।  

त्यसैगरी, आइतबारको कारोबारमा बोलिङगरको अपर ब्यान्डमा शुटिङ स्टार पनि बनेको कारणले लगानीकर्ता सचेत हुनु पर्ने देखिन्छ । कम्पनीको सेयर भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबार को सिफारिसका लागि भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.