बिहीबार, श्रावण २८,२०८३ 01:14:50
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:14:50
Bizshala
Global IME Bank Limited

दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?

Prabhu Bank Limited
दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । दशैंअघिको साता सेयर बजारमा ४ दिन कारोबार  भयो  । चार दिनको कारोबारमा बजार १  दिनमात्रै घट्यो भने ३ दिन बढ्यो । अघिल्लो साता २५ सय ९७ को विन्दुमा बन्द भएको बजार यो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ७०.६८ अंकले बढेर बन्द भयो । अघिल्लो साता बजार ११०.७३ अंकले बढेर बन्द भएको थियो ।

यो साताको ४ दिनमा २१ अर्ब १६ करोडको कारोबार भयो  । अघिल्लो साता बजारमा २२ अर्ब १६ करोडको कारोबार भएको थियो । यो साता दैनिक औषत कारोबार ५ अर्ब २९ करोडको भएको छ । यस्तो कारोबार अघिल्लो साता ५ अर्ब ५४ करोडको भएको थियो ।  यस हिसाबले यो साता बजार बढ्दा कारोबार सामान्य घटेको छ  । यो साता बजार पूँजीकरण ४२ खर्ब ४२ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ४१ खर्ब ३० अर्ब कायम थियो । यस हिसाबले यो साता नेप्से बढ्दा १ खर्ब १२ अर्वले बजार पूँजीकरण बढेको छ । यो सातापनि नेप्से बढ्दा बजार पूँजीकरण र औषत कारोबार दुबै बढ्यो ।

 

 

प्राविधिक पक्षः  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

नेपालको सेयर बजारलाई पछिल्लोपटकको न्यून विन्दुदेखि नियाल्ने हो भने १९६० विन्दुदेखि नयाँ बुल सूरु भएको देखिन्छ । यो विन्दुदेखि ३ हजारसम्म वेभ १ हुन सक्छ । त्यसपछि हालको करेक्सन वेभ २ नै हुने बढी सम्भावना देखिन्छ । किनकी हालको करेक्सन करिब ६१ प्रतिशतसम्म अर्थात २५ सयबाट पनि तल खसेको कारण यो दोस्रो वेभ नै रहेको लगभग निश्चित देखिएको छ ।  

अब थर्ड वेभ लगभग ४२ सयसम्म पुगेर मात्रै दशैं तथा तिहारपछि सुरु हुने बुल सकिन सक्छ । चौंथो वेभमा करेक्सन भए पछि हालको बुलको यात्रा फिवोनासीको २.६१ प्रतिशतसम्म अर्थात ५२ सयदेखि ५४ सयसम्म हुन सक्छ । जसलाई हालको वेभ १ ले बनाएको चक्रले थप पुष्टि गर्छ । बजारको यो यात्राको लागि हाल चलेको बजार २८ सय २८ विन्दुभन्दा माथि लागे थप निश्चित हुनेछ । जसलाई कारोबार तथा भोल्युमले पनि थप पुष्टि गर्नु पर्नेछ । हाल ३० अर्बको भोल्युम आएको बजारमा यो भन्दामाथि नै भोल्युमले पनि साथ दिन आवश्य रहने छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारलाई नियाल्दा ६ साता लगातार घटेको बजारले दशैं अघिका लगातार २ सातामा मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । साप्ताहिक रुपमा नै म्याक्डीमा भने वियारिस क्रसओभर बनेको छ । आरएसआई न्यूट्रल जोन ५० बाट फर्केको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३१८३

प्रतिरोध २ – ३०२१

प्रतिरोध १–  २७६५

पिभट् प्वइन्टः २६०३

घटेमा सपोर्ट  

सपोर्ट १– २३४७

सपोर्ट २– २१८६

सपोर्ट  ३ –१९२९

निष्कर्षः साप्ताहिक रुपमा बजारलाई नियाल्दा ६ साता घटेको बजारमा त्यसपछि लगातार २ साता बढेको छ । अर्थात दशैं अघि बजार बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएर २६६० विन्दुभन्दा माथि बन्द भएको छ । इलिअट वेभबाट नियाल्दा बजारले दशैं अघि दोस्रो वेभ सकेर अब तेस्रो वेभमा चल्दै गरेको देखिन्छ ।  

यदि आगामी कारोबारमा बजार २८६० विन्दुभन्दा माथि टिकेको खण्डमा बजारले पुनः बुलिस ट्रेन्ड लिएको मान्न सकिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा गत साताहरुमा बजारले ट्वीजर बटम बनाएर फर्केको छ । बजारले यदि आगामी दिनमा १० अर्ब माथि कारोबारसहित बजारले अप ट्रेन्ड लिन्छ भने एक डेढ वर्षमा पाँचौं वेभ सकिँदा ५२ सयदेखि ५४ सयसम्मको यात्रा तय गर्न सक्छ । तर यो बीचमा बजारमा अहिले जस्तै सानाठूला करेक्सन आउने छन् । बजारको सबै विषयलाई नियाल्दा नेप्सेमा बिग बुल बाँकी नै रहेको मान्न सकिन्छ । तर यसको लागि भने अहिलेकै राजनीतिक, आर्थिक तथा विश्व परिवेश यथावत रहनु पर्ने छ । यी विषयमा फेरबदल भएको खण्डमा यो विश्लेषण अमान्य पनि हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.