काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असोज २३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।