बुधबार, बैशाख २,२०८३ 12:02:06
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 12:02:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यूएस अर्थतन्त्र मन्दीमा: ४३% साना कम्पनी घाटामा, सरकारले ऋणको ब्याज मात्रै दैनिक १.०८ अर्ब डलर तिर्नुपर्ने बाध्यता

Bizshala
यूएस अर्थतन्त्र मन्दीमा: ४३% साना कम्पनी घाटामा, सरकारले ऋणको ब्याज मात्रै दैनिक १.०८ अर्ब डलर तिर्नुपर्ने बाध्यता
Shivam Cement

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा साना कम्पनीहरुको अवस्था नाजुक बन्दै गएको रिपोर्ट सार्वजनिक भएको छ । 

रसेल २००० इन्डेक्समा समावेश भएका कम्पनीमध्ये ४३ प्रतिशत घाटामा छन् । यो सन् २०२० को महामारीपछिको उच्च हो।  

यो २००८ को वित्तीय संकट भन्दा बढी हो। त्यतिबेला ४१ प्रतिशत साना कम्पनी घाटामा चलिरहेका थिए । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यति मात्र होइन, यी कम्पनीहरूले ब्याज भुक्तानीमा ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । यो २००३ यता उच्चतम स्तरमा पुगेको छ। उच्च ब्याजदरका कारण यी कम्पनीहरूलाई ब्याज तिर्न गाह्रो भइरहेको छ ।

अमेरिकामा साना कम्पनी मात्र होइन ठूला कम्पनीहरु पनि समस्यामा परेका छन् । यो वर्ष अहिलेसम्म ५१२ ठूला कम्पनीले आफूलाई टाट पल्टिएको घोषित गरेका छन् । यो २०२० को महामारीको तुलनामा ६ मात्र कम हो। यदि महामारीको अवधि हटाइयो भने, यो १४ वर्षमा सबैभन्दा धेरै संख्या हो।  

सेप्टेम्बरमा ५९ कम्पनी टाट पल्टिएका छन् भने अगस्टमा ६३ कम्पनीले आफूलाई टाट पल्टिने अवस्थामा पुगेको घोषित गरेका छन् । 

CG Motors
Garima Development Bank
IME remit

उपभोक्ता क्षेत्रका सबैभन्दा बढी ८१ कम्पनी टाट पल्टिएका मिडिया रिपोर्टमा उल्लेख छ । यस वर्ष औद्योगिक क्षेत्रमा ६० र स्वास्थ्य क्षेत्रका ४८ कम्पनी डूबेका छन् ।  

यसैबीच अमेरिकाको ऋण तीव्र गतिमा बढिरहेको छ । यो ३५.७ ट्रिलियन डलर पुगेको छ, जुन यसको अर्थव्यवस्थाको १२५ प्रतिशत हो।  

सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो, जुन सन् २०१० मा १२.३ ट्रिलियन डलर र २०२० मा २३.२ ट्रिलियन डलर पुगेको थियो।  

अमेरिकी कंग्रेसको बजेट कागजात अनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । 

पछिल्लो तीन वर्षमा मात्रै देशको ऋण १० खर्ब डलरभन्दा बढीले बढेको छ । अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलर ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.