मंगलवार, आश्विन ६,२०८३ 08:27:54
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 08:27:54
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३.८ अर्ब नाफा, वृद्धिदर र ईपीएसका आधारमा कुन अब्बल ?

जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३.८ अर्ब नाफा, वृद्धिदर र ईपीएसका आधारमा कुन अब्बल ?
New Office

काठमाण्डौ । देशमा सञ्चालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुल चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म ३ अर्ब ८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.५२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने जीवन बीमा कम्पनीहरुले २ अर्ब ५५ करोड रुपैयाँ बढी खुद नाफा कमाएका थिए ।  

नाफा आर्जनको मामिलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.९० प्रतिशतले धेरै हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै धेरै नाफा आर्जनको सूचीमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्म ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

सूचीको तेस्रो स्थानमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

वृद्धिदरमा कुन कम्पनी अघि ?

खुद नाफा वृद्धिदरमा भने सानिमा लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अघि देखिएको छ । कम्पनीले गत आव दोस्रो त्रेमासको तुलनामा ९६.४८ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले यो अवधिसम्म २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ११ करोड १८ लाख रुपैयाँमा सीमित थियो ।  

यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९६.१४ प्रतिशतले धेरै हो ।  

६२.९३ प्रतिशत वृद्धिदरका साथ सूर्यज्योति लाइफ ेतेस्रो स्थनमा रहन सफल भएको छ । कम्पनी २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  

समीक्षा अवधिसम्म दुई कम्पनीको खुद नाफा वृद्धिदर भने घटेको छ । हिमालयन लाइफ र सन नेपाल लाइफको मुनाफा क्रमशः८.२४ र ७.२२ प्रतिशतले घटेको छ ।  

ईपीएसको आधारमा कुन कम्पनी अघि ?

समीक्षा अवधिसम्म १४ वटा बीमा कम्पनीहरुमध्ये सन लाइफको ईपीएस सबैभन्दा धेरै देखिएको छ । कम्पनीको ईपीएस २०.५२ रुपैयाँ कायम भएको छ ।  

ईपीएस धेरै हुने दोस्रो कम्पनीको रुपमा आइएमई लाइफ रहेको छ । यो कम्पनीको ईपीएस ११.७४ रुपैयाँ कायम भएको छ ।  

यसैगरी रिलायबल नेपाल लाइफ ११.५५ रुपैयाँ ईपीएसका साथ तेस्रो स्थानमा रहेको छ । 

  
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.