बिहीबार, बैशाख ३१,२०८३ 04:32:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:32:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?

Laxmi Sunrise Bank Limited
यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन नै घट्यो भने १ दिन बढ्यो  । यो साता दशैंपछि खुलेको बजारमा बिक्री दबाब देखियो । अघिल्लो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको बजार यो साता २६२७.१४ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता सेयर बजार ११८.२२ अंकले घट्यो । अघिल्लो साता दोस्रो बजार ७६.८३ अंकले बढेर बन्द भएको थियो ।  

यो साताको ५ दिन कारोबारमा २९ अर्ब ९५ करोडबराबरको कारोबार भयो  । अघिल्लो साता बजारमा १५ अर्ब ९१ करोडबराबरको कारोबार भएको थियो । यो साता  दैनिक औषत कारोबार करिब ६ अर्बको भएको छ । यस्तो कारोबार अघिल्लो साता ५ अर्ब २९ करोडबराबर भएको थियो ।

Bizshala
New Office
CG Motors

यस हिसाबले यो साता बजार घट्दा कारोबार बढेको छ । यो साता बजार पूँजीकरण ४१ खर्ब ७७ अर्बमा सीमित भएको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ६५ अर्बबराबर भएको थियोे । यस हिसाबले यो साता नेप्से घट्दा १ खर्ब ८८ अर्बले बजार पूँजीकरण घटेको छ । यो साता नेप्से घट्दा बजार पूँजीकरण घट्यो भने औषत कारोबार बढ्यो ।

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा

क्याण्डल स्टिकको आधारमा यो साता नेप्सेको चार्टमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ । यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई वियरिस इन्गल्फिङ भनिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यस विपरीत अघिल्लो रातो क्याण्डललाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ । यो साता नेप्सेमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ ।  

हेर्नुहोस माथि मुख्य तस्बिरमा

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारले पाँच साता पहिले मध्यब्याण्डमा सपोर्ट लिएर माथि लागेको देखिन्छ । तर तीन साता बढेपछि यो साता बजारमा बिक्री दवाब परेको छ । अर्थात बजार फेरी मध्यब्याण्डतर्फ आकर्षित भएको देखिन्छ । 

यस हिसाबले हेर्दा बजारमा यदि आगामी दिनमा करेक्सन हुन्छ भने मध्य ब्याण्ड अर्थात २५४५ विन्दुसम्म आउन पनि सक्छ । म्याक्डिमा यसअघि नै वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ रहेका छन् । साप्ताहिक रुपमा नै आरएसआई ओभरबट जोन ८० बाट खसेर हाल ५६ को तहमा पुगेको छ । समग्रमा तीनवटै इन्डिकेटरबाट नियाल्दा बजारमा हाल अल्पकालिन करेक्सन चलेको देखिन्छ ।  

बढेमा  प्रतिरोध  

प्रतिरोध ३ – २९०८

प्रतिरोध २ – २८४४

प्रतिरोध १–  २७९५

पिभट प्वइन्टः २७३१

घटेमा सपोर्ट  

सपोर्ट १– २६८१

सपोर्ट २– २६१८

सपोर्ट  ३ –२५६८

निश्कर्ष: दशैं अगाडि लगातार तीन साता बढेको बजारमा यो साता करेक्सन आयो  । यो साता सेयर बजारमा पाँच दिन नै कारोबार भयो । पाँच दिनको कारोबारमा बजारमा बिक्री दवाब नै देखियो । क्याण्डल स्टिकमार्फत नियाल्दा यो साता बजारमा वियरिस इन्गलल्फिङ प्याटर्न बन्यो । यसले बजारमा आगामी साता पनि केही बिक्री दवाब पर्नसक्ने बुझिन्छ । जसका कारण यदि बजारमा अधिक करेक्सन आएको खण्डमा पिभट् प्वाइन्टको तेस्रो विन्दुसम्म बजार आउनसक्छ । जुन भनेको बजारमा अल्पकालीन करेक्सन मात्रै हुनसक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.