बुधबार, असार १०,२०८३ 05:13:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:13:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल फाइनान्सको प्राविधिक विश्लेषण: सेयरमूल्य बढेमा रु. २४०० माथि र घटेमा रु.४०० सम्म आउनसक्ने

Laxmi Sunrise Bank Limited
नेपाल फाइनान्सको प्राविधिक विश्लेषण: सेयरमूल्य बढेमा रु. २४०० माथि र घटेमा रु.४०० सम्म आउनसक्ने

काठमाण्डौ । ‘नेपाल फाइनान्स कम्पनी लिमीटेड’ देशका १५ फाइनान्स कम्पनीहरुमध्ये एक हो । वि.सं.  २०४९ मा स्थापित यो कम्पनीक संघीय राजधानीभित्र र बाहिर गरेर १३ वटा शाखा रहेका छन् । यस कम्पनीले पनि अन्य कम्पनीेलेजस्तै निक्षेप तथा कर्जा परिचालन, रेमिट्यान्स र मोबाइल बैंकिङ लगायतका सेवाहरु प्रदान गर्छ ।  

आधारभूत पक्ष 

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियममा ५ करोड १० लाख रुपैयाँ रहेको छ । रिटेन अर्निङ २५ करोडले नकारात्मक छ भने जगेडामा ४६ करोड १३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल पूँजी ९९ करोड १६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको खूद नाफा २४ करोडले नेगेटिभ छ । प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँले नेगेटिभ छ भने रिटर्न अन इक्विटी ९.६८ रुपैयाँले नकारात्मक नै छ । खराब कर्जाको अनुपात १०.३६ प्रतिशत छ।

New Office
CG Motors
Garima Development Bank

प्राविधिक पक्ष :

क्याण्डल स्टिकको आधारमा

क्याण्डल स्टिकको आधारमा यो कम्पनीको सेयरभाउमा हाल बुलिस इन्गलफिङ बनेको छ । बुलिस इन्गलफिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्याण्डललाई पछिल्लो दिनको हरियो क्याण्डलले पूरै ढाक्ने गरी बनेमा, यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाईभन्दा लामो अर्को मैनबत्ती बनेमा बुलिस इन्गलफिङ भनिन्छ । यसले सेयरमूल्यले ट्रेण्ड परिवर्तन गर्न लागेको संकेत गर्छ।  

यसविपरीत यदि अघिल्लो दिनको हरियो क्याण्डललाई पछिल्लो दिनको रातो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गलफिङ भनिन्छ । यस कम्पनीको सेयरमूल्यले बनाएको क्याण्डलमा बुलिस इन्गलफिङ बनेको छ । यसले सम्भाबित सेयरको मूल्य बढ्नसक्ने संकेत गर्छ, तर यसको आधारमा मात्रै गरिने कारोबार पूर्ण र सुरक्षित नहुन पनि सक्छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यस कम्पनीलाई नियाल्दा लामो समयदेखि मध्यब्याण्डमा चलेको देखिन्छ । योसँगै मध्यब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको देखिन्छ । म्याक्डीमा यसअघि नै बनेको बुलिस क्रसओभर भ्यालिड नै छ । आरएसआई पनि ओभरसोल्ड जोन ३३ बाट फर्केर हाल ५५ को तहमा पुगेको छ । समग्रमा सबै इण्डिकेटरबाट नियाल्दा कम्पनीको सेयरभाउले अल्पकालका लागि अपट्रेण्ड लिँदै गरेको देखिन्छ । मनि फ्लो इण्डेक्सबाट नियाल्दा पछिल्लो समय कारोबार बढेको देखिन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पिभट प्वाइन्ट :

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २४१६

प्रतिरोध २ – २१३९

प्रतिरोध १–  १६७९

पिभट प्वाइन्ट: १४०२

 

घटेमा सपोर्ट  

सपोर्ट १– ९४२

सपोर्ट २– ६२५

सपोर्ट  ३ –४००

 

निश्कर्ष: आधारभूत रुपमा यो कम्पनी निकै कमजोर देखिन्छ । अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी, खूद मुनाफा र रिर्टन अन इक्विटी नकारात्मक रहेको देखिन्छ । यस हिसाबले यो कम्पनी दीर्घकालीन लगानीको लागि खासै उपयुक्त देखिन्न। तर प्राविधिक रुपमा अल्पकालीन कारोबारीका लागि भने इन्ट्री, एक्जिट र स्टप लस राखेर रिक्स रिवार्ड रेसियोको आधारमा कारोबार गर्नलाई उपयुक्त पनि हुनसक्छ । इण्डिकेटरको आधारमा हाल यो कम्पनीको सेयरभाउले अपट्रेण्ड लिदै गरेको देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.