काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन पाउनेछन् ।