सोमबार, मंसिर ८,२०८२ 04:17:51
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 04:17:51
IME remit
Global IME Bank Limited

सीडीएससीमा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय, कारण के हो ?

Hyundai Nepal
सीडीएससीमा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय, कारण के हो ?
Shivam Cement

काठमाण्डौ । हाल सीडीएससी अर्थात सेन्ट्रल डिपोजटरी सर्भिस एण्ड क्लियरिङ सिस्टममा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय रहेका छन् । सीडीएससीमा दर्ता भएका करिब ५४ लाख ९१ हजार मेरो सेयर खाताहरुमध्ये ३६ लाख ५० हजार ५७५ खाता मात्रै सक्रिय रहेका छन् ।  

यस हिसाबले १८ लाख ४० हजार खाता निष्क्रिय रहेको देखिन्छ । सीडीएससीका प्रवक्ता सुरेस न्यौपानेले दिएको जानकारी अनुसार यसरी निष्क्रिय हुनुमा हरेक आर्थिक वर्ष सकिएपछि डिम्याट खाता जसरी मेरो सेयर नविकरण अनिवार्य नहुनु नै मुख्य कारण हो । न्यौपानेका अनुसार आर्थिक वर्ष सकिएपछि डिम्याट नविकरण अनिवार्य हुन्छ । तर मेरो सेयर त्यसरी नविकरण अनिवार्य छैन ।  

CG Motors
New Office
Garima Development Bank

लगानीकर्ता आफैले आईपीओ भर्दा वा सेयर कारोबार गर्दा आफूले चाहेको समयमा नविकरण गर्न सक्छन् । त्यसको एक वर्ष पछि मात्रै नविकरण गरे हुन्छ । त्यही कारण मेरो सेयरमा निष्क्रिय खाताको संख्या धेरै देखिएको हो । एक लगानीकर्ता राजेन्द्र विष्टले लामो समयदेखि आईपीओ नआएका कारण पनि धेरै लगानीकर्ता दोस्रो बजारमा निष्क्रिय रहँदा मेरो सेयरका खाता पनि निष्क्रिय भएका हुन् ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

अहिले धितोपत्र बोर्डमा अध्यक्ष पनि छैनन् । सेयर बजार पनि खासै चलायमान छैन । लकडाउनमा खाता खोलेका धेरै जसो दोस्रो बजारमा सक्रिय नहुँदा पनि मेरो सेयर निष्क्रिय रहेको विष्ट बताउँछन् । हाल दोस्रो बजारमा डिम्याटहोल्डरको संख्या ६४ लाख ३१ हजार ३५३ पुगेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.