आईतवार, असार २८,२०८३ 05:13:54
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:13:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

Laxmi Sunrise Bank Limited
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

काठमाण्डौ । तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी, व्यक्तिगत तथा फिटनेस प्रशिक्षक सनम मुलगुठीसँग सहकार्य गरेको छ । राष्ट्रिय प्रेरणाको स्रोत तथा १५ औं वल्र्ड बडी बिल्डिङ एन्ड फिजिक च्याम्पियनसिप २०२४ की रजत पदक विजेता सनमले आफ्नो अतुलनीय समर्पण र लगनशीलता यस सहकार्यमार्फत ल्याउने अपेक्षा गरिएको छ ।

 नेपालको विद्युतीय उत्पादन क्षेत्रमा विश्वास, नवीनता र शक्तिको पर्याय बनेको लिट्मस केबल्सले नेपाली फिटनेस तथा बडी बिल्डिङको क्षेत्रलाई नयाँ उचाई प्रदान गर्ने सनमसँग हात मिलाउँदै सम्पूर्ण नेपालीलाई व्यक्तिगत विकास र सबल र उज्यालो नेपाल निर्माणमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ । यो सहकार्य दृढता र प्रगतिको लागि समर्पित दुई शक्तिहरूको एकता पनि हो ।

New Office
CG Motors
Garima Development Bank

सहकार्यबारे बोल्दै लिट्मस इन्डस्ट्रीजकी मार्केटिङ तथा बिजनेस डेभलप्मेन्ट निर्देशक साक्षी गुप्ताले भनिन्, ‘सनमको अटल समर्पणजस्तै हामीले निर्माण गर्ने हरेक तार र केबलले भरोसा र सबलताको आधार निर्माण गरेका छन् र तिनलाई प्रमाणित पनि गरेका छन् । उहाँको अद्भुत यात्रा र परिचय दृढता, अनुशासन, लगन र निरन्तर मेहनतको सशक्त उदाहरण हो—लिट्मसलाई परिभाषित गर्ने मूल्य मान्यताहरू पनि यिनै विशेष गुण हुन् ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आफ्ना उपलब्धिहरूबाट धेरैलाई प्रेरित गर्दै आइरहेकी सनमले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘लिट्मस इन्डस्ट्रीजसँग सहकार्य गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । यो सहकार्यले मलाई विश्वास दिलाउँछ कि बल, विश्वास र दृढताको साथ, हामी ठूला उपलब्धिहरू हासिल गर्न सक्छौं । म अझ धेरैलाई ठूलो सपना देख्न र आफ्नो क्षमतामा विश्वास गर्न प्रेरित गर्न उत्सुक छु, जसरी लिट्मस केबल्सले नेपालको विद्युुतीकरण र विकासलाई ऊर्जा प्रदानगरिरहेको छ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.