शनिबार, आश्विन १०,२०८३ 05:57:50
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 05:57:50
Bizshala
Global IME Bank Limited

खस्कँदो वित्तीय अवस्थाका बाबजुद सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको अवस्था कस्तो ?

Bizshala
खस्कँदो वित्तीय अवस्थाका बाबजुद सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार सिमेन्ट कम्पनी सूचीकृत छन् । उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी चार सिमेन्ट कम्पनी रहेका छन् ।  

धितोपत्र दोस्रो बजारमा यी चार सिमेन्ट कम्पनी निकै चर्चामा छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आइपीओ जारी गरेका कारण पनि सिमेन्ट कम्पनीका सेयर दोस्रो बजारमा चर्चामा आउने गर्छ ।  

बजारमा लगानीकर्तामाझ उक्त कम्पनीहरुको आकर्षण रहेपनि वित्तीय अवस्था भने खासै सन्तोषजनक देखिएको छैन । दोस्रो बजारमा वित्तीय रुपमा जुन कमजोर कम्पनी सो कम्पनीकै सेयरभाउ महँगो जस्तो देखिन्छ । अहिले सिमेन्ट कम्पनीहरुको अवस्था पनि यस्तै देखिएको छ । चारमध्ये शिवम् बाहेक सबै कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म घाटा ब्यहोरेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पछिल्लो समय दोस्रो बजारमा वित्तीय विवरण वा आधारभुत पक्ष हेरेर भन्दा पनि चर्चाको आधारमा सेयर किनबेच हुने गरेको छ । चलखेलको आधारमा आधारमा सिँगो सेयरबजार निर्धारण हुने गरेको पाइन्छ । बजारमा जुन कम्पनी बढी चर्चामा छ त्यही कम्पनीमा झुम्मिने प्रवृत्तिले सोझासाझा लगानीकर्ता बढी डुबेका छन् ।  

वित्तीय अवस्था खराब भएका कम्पनीको सेयर चलखेल गरेर उचाल्ने वा कर्नरिङ गर्ने प्रवृत्ति बजारमा हाबी छ । यसले बजारप्रतिको स्वस्थता विस्तारै हराउँदै जाने सम्भावना बढी देखिन्छ ।  

घाटा ब्यहोरेर इपीएस समेत ऋणात्मक रहेका सिमेन्ट कम्पनीकै सेयरभाउ सर्वाधिक महँगो देखिएको छ । सर्वोत्तम सिमेन्टले पहिलो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ तर सोही कम्पनीकै सेयरभाउ बजारमा ७ सय भन्दा महँगो छ ।  

पछिल्लो समय दोस्रो बजारमा सिमेन्ट कम्पनीतर्फ लगानीकर्ताको चार्म हराएको जस्तो देखिएको छ । केही समयअघि सर्वाधिक कारोबारको टप १० सूचीमा शिवम् सिमेन्ट्स वा सोनापुर मिनरल्स कम्पनी पर्ने गर्थे ।  

निर्माण कार्यहरु धमाधम थालनी भएपनि सिमेन्ट कम्पनीहरुको व्यवसाय भने फस्टाउन सकेको छैन । व्यवसाय बृद्धि नभएपछि सिमेन्ट कम्पनीहरुको नाफा प्रभावित बन्न पुगेको पहिलो त्रैमासिक रिर्पोटले देखाएको छ ।  

पहिलो त्रैमाससम्म उत्पादनमार्फत सर्वाधिक आम्दानी गर्नेमा सर्वोत्तम सिमेन्ट रहेको छ । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ । तर उल्लेख्य आम्दानी गरेपनि कम्पनीले २ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

चारमध्ये तीनवटा कम्पनीले घाटा ब्यहोर्दा शिवम् सिमेन्टलेल भने १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । घोराहीले ५१ करोड ३७ लाख रुपैयाँ र सोनापुर मिनरल्सले ८ करोड ५५ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

नाफा प्रभावित देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस) पनि शिवम् बाहेक सबैको ऋणात्मक अवस्थामा छ । शिवम्सको इपीएस १.०२ रुपैयाँ छ भने सर्वोत्तमको १.९४ रुपैयाँ, घोराहीको ११.२५ रुपैयाँ र सोनापुर मिनरल्सको ११.१३ रुपैयाँ ऋणात्मक छ ।  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको ईपीएस कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

पहिलो त्रैमाससम्म नेटवर्थ पनि सर्वोत्तम सिमेन्टकै धेरै छ । कम्पनीको नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.