आईतवार, कार्तिक १,२०८३ 07:23:47
  • आईतवार, कार्तिक १,२०८३ 07:23:47
Global IME Bank Limited

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर लगानीको बाटो खुला, कम्पनी रजिष्ट्रार कार्यालयको औपचारिक सूचना

Bizshala
स्थानीय तहलाई कम्पनी दर्ता र सेयर लगानीको बाटो खुला, कम्पनी रजिष्ट्रार कार्यालयको औपचारिक सूचना
New Office

काठमाण्डौ । स्थानीय तहहरूले अब कम्पनी स्थापना गर्न, सेयर खरिद गर्न तथा कम्पनीको स्वामित्व लिन सक्ने कानुनी बाटो खुला भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको एक सूचनामार्फत यस्तो जानकारी दिएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले २०८३ असोज २५ गते जारी गरेको सूचनामा सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा सेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट अनुरोध आएको उल्लेख गरिएको छ ।

कार्यालयले सोही मितिको निर्णयअनुसार स्थानीय तहहरूले प्रचलित कानुनबमोजिम आवश्यक शर्त पूरा गरी कम्पनी दर्ता गर्न तथा सेयर खरिद गरेर कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सूचनामा स्थानीय तहले यससम्बन्धी आफ्नै कानुन निर्माण गरी निर्णय गर्नुपर्ने उल्लेख गरिएको छ । साथै कम्पनी ऐन २०६३ तथा सम्बन्धित प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गर्नुपर्ने सर्त पनि राखिएको छ ।

यस निर्णयले अब स्थानीय सरकारहरू ऊर्जा, पूर्वाधार, सेवा तथा अन्य व्यावसायिक क्षेत्रमा प्रत्यक्ष लगानीकर्ता र कम्पनी स्वामीका रूपमा सहभागी हुन सक्ने बाटो खुलेको विश्लेषण गरिएको छ । विशेषगरी सौर्य ऊर्जा परियोजनामा स्थानीय तहहरूको सहभागिता बढ्न सक्ने देखिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.