बिहीबार, बैशाख ३१,२०८३ 08:04:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:04:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बससेवाको शतप्रतिशत क्यासव्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निःशुल्क

Laxmi Sunrise Bank Limited
बससेवाको शतप्रतिशत क्यासव्याक अफर सुरु, देशका सबै गन्तव्यको टिकट निःशुल्क
Shivam Cement

काठमाण्डौ । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासव्याक अफर सुरु गरेको छ । यात्रुहरुको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरुलाई शतप्रतिशत क्यासव्याक अफर सुरु गरिएको बससेवाले जनाएको छ ।  

मंसिर ९ गते सुरु भएको अफर अन्तर्गत दैनिक १० जना यात्रुहरुलाई बससेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता दिनेछ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार देशका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुहरुमध्ये दैनिक १० जनाले टिकट काट्दा लागेको सबै रकम फिर्ता पाउनेछन् ।  

‘मंसिर १५ गतेसम्म चल्ने अफरमा हामीले दैनिक १० जनालाई निशुल्क बसको टिकट उपलब्ध गराएका हौं । बससेवाको माबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने सबैलाई अफरमा सहभागी गराइनेछ,’ प्रमुख कार्यकारी अधिकृत खनालले भने ।  

Bizshala
New Office
CG Motors

सहज किसिमले बसको टिकट काट्न सकिने प्लेटफर्म बससेवा यात्रुको रोजाइमा परोस् भन्नका लागि पनि यो अफर सञ्चालन गरिएको खनालको भनाई छ । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट शतप्रतिशत क्यासव्याकको सेवा लिन तथा छुटमा बसको टिकट काट्न सकिने बससेवाले जनाएको छ ।  

बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा शतप्रतिशत क्यासव्याक अफर लागु हुने जनाएको छ । देशका जुनसुकै स्थानबाट काठमाण्डौका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ ।  

संघीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि अफरमा सहभागि हुन सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने विज्ञप्तिमा उल्लेख छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ ।  

बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.