काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ, मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ को १ः१ अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।