बुधबार, आश्विन २८,२०८३ 10:54:32
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 10:54:32
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.५३.३९ अर्ब बीमाशुल्क, नेपाल लाइफ एक्लैले २८.८६%

Bizshala
जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.५३.३९ अर्ब बीमाशुल्क, नेपाल लाइफ एक्लैले २८.८६%
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले ५३ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरुले चालु आवको ४ महिनामा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले गत आवको तुलनामा व्यवसाय बढाउन सफल भएका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कात्तिक मसान्तसम्म सबैभन्दा धेरै प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसहिसाबमा जीवन बीमकहरुले आर्जन गरेको कुल बीमाशुल्कमा नेपाल लाइफ एक्लैले २८।८६ प्रतिशत व्यवसाय भित्र्याएको छ ।  

त्यस्तै, नेशनल लाइफले ६ अर्ब ४३ करोड, एलआइसी नेपालले ६ अर्ब ५ करोड, हिमालयन लाइफले ५ अर्ब ५८ करोड, सुर्यज्योति लाइफले ३ अर्ब २५ करोड, एशियन लाइफले २ अर्ब ७४ करोड, सिटिजन लाइफले २ अर्ब १९ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड, मेट लाइफले १ अर्ब ८७ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड, आइएमई लाइफले १ अर्ब ५३ करोड र सन नेपाल लाइफले १ अर्ब २८ करोड रुपैयाँ बीमाशल्क आर्जन गरेका छन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कुनको कति बढ्यो व्यवसाय ?  

गत आवको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै जीवन बीमकले व्यवसाय बढाएका छन् । सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले २८.५४ प्रतिशतले व्यवसाय बढाएको छ ।  

त्यस्तै, दोस्रोमा सिटिजन लाइफले २२.९१ प्रतिशतले व्यवसाय बढाउँदा प्रभु महालक्ष्मी लाइफले भने २१.६१ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।  

यसका साथै आइएमई लाइफले १७.८२ प्रतिशत, सुर्यज्योति लाइफले १७.७१ प्रतिशत, एशियन लाइफले १६ प्रतिशत, नेपाल लाइफले १४.६७ प्रतिशत, सन नेपाल लाइफले १३.५८ प्रतिशत, मेट लाइफले ९.३१ प्रतिशत, एलआइसी  नेपालले ८.८२ प्रतिशत, सानिमा रिलायन्स लाइफले ८.६६ प्रतिशत र हिमालयन लाइफले ४.०५ प्रतिशतले व्यवसाय बढाएको छ । यता राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने ५८ प्रतिशतले घटेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.