मंगलवार, श्रावण ६,२०८२ 11:33:17
  • मंगलवार, श्रावण ६,२०८२ 11:33:17
Global IME Bank Limited

धितोपत्र बजारमा ५८ हजार लगानीकर्ताले लिए ‘सेन्ट्रल केवासी’, यसरी लिन सकिन्छ घरबाटै

Hyundai Nepal
धितोपत्र बजारमा ५८ हजार लगानीकर्ताले लिए ‘सेन्ट्रल केवासी’, यसरी लिन सकिन्छ घरबाटै
Shivam Cement

काठमाण्डौ । धितोपत्र बोर्डको निर्देशनमा गत वर्ष सीडीएसीले सेन्ट्रल केवाइसी ल्याएको थियो । हालसम्म सेन्ट्रल केवाईसी लिने संस्थाको संख्या १०९ वटा पुगेको छ । जसमा अधिकांश ब्रोकरहरु र मर्चेण्ट बैंकहरु पनि रहेका छन् । यसलाई डिजिटल केवाईसी पनि भनिन्छ ।  

हालसम्म ५८ हजार लगानीकर्ताले सेन्ट्रल केवाईसी लिएको सीडीएससीले जनाएको छ । 

सीडीएसीले दिएको जानकारी अनुसार लगानीकर्ता आफैले घरबाट नै ‘डब्लुडब्लु डट् सिकेवाइसी डट् सीडीएससी डट् कम डट् एनपी’ मार्फत आफ्नो डिपि छानेर सेन्ट्रल केवासी लिन सकिन्छ । सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ग्राहकले एकपटक एक डीपीमा सेन्ट्रल केवासी भरेपछि अब ब्रोकर पिच्छे केवासी भर्नुपर्ने छैन ।  

Muktinath Bikas Bank Limited

डिजिटल केवाईसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाईसीको युनिक आईडी हुन्छ ।  

ग्राहकले एक ठाउँमा एउटा आईडी लिएपछि ठाउँपिच्छे केवाईसी भरिरहनुपर्ने आवश्यकता हुँदैन । यही सुविधा होस् भनेर धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले ४ वर्षभन्दा बढी समय लगाएर सेन्ट्रल केवाईसी लागू गरेको थियो ।  

सिडिएससीका एक उच्च अधिकारीका अनुसार यसको उद्देश्य बिस्तारै ब्रोकर तथा क्यापिटलहरुको डीपीमार्फत लागू गरेर बैंकहरुमा पनि लागू गर्ने भन्ने छ । केवासी भनेको ‘नो योर कस्टमर’ अर्थात ग्राहक पहिचाल फारम हो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.