एमएडब्लू वृद्धि स्पीड चार्जर्सद्वारा जोमसोममा सीसीएसटु ईभी चार्जिङ स्टेसन स्थापना
काठमाण्डौ । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीले जोमसोममा सीसीएसटु इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ । जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको जनाइएको छ।

