नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्रीसंग नाडाको छलफल
काठमाण्डौ । अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधी मण्डलले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्री प्रकाशशरण महतसंग छलफल गरेको छ । नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न नीतिगत विषयहरुमा छलफल भएको उक्त भेटवार्ता कार्यक्रम माघ १५ गते भएको हो ।