वाणिज्य बैंकले दुई महिनामै कमाए साढे १७ अर्ब नाफा, सर्वाधिक कमाउने नबिल र वृद्धिदरमा नेपाल एसबिआई
TRENDING
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ ।उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४५.५४ रुपैयाँ र बिक्रीदर १४६.१९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.०७ रुपैयाँ र बिक्रीदर १७५.८५ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सिद्घार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज १० गतेदेखि १२ गतेसम्म देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नु परेकोले यस दःुखद घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको जनाएको छ ।
काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ । यसअघि गत असोज २६ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको थियो ।
काठमाण्डौ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओ नियुक्त गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (कात्तिक १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७०रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा विदेशी मुद्राहरुको सञ्चिती बढेर ढुकुटी भरिँदै गएपछि नेपाल राष्ट्रबैंकले आयात व्यापारलाई बढावा दिने गरी खुकुलो नीति लिएको छ । नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एकीकृत परिपत्र २०८० मा केही महत्वपूर्ण संसोधन गर्दै आयात व्यापारमा खुकुलो नीति अबलम्बन गरेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।साथै,...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको...
काठमाण्डौ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । कुल २० वटा बैंकमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । यस्तै ९ वटा बैंकले अघिल्लो महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् भने एउटा माबै बैंकले ब्याजदर वृद्धि गरेको छ । कात्तिक महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा...
काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.९९ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१८ प्रतिशत ब्याजदर दिएको थियो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६।.० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । कात्तिक महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १...
काठमाण्डो । सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि भने व्यक्तिगत निक्षेपतर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत...
काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले बढेको छ । असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भइ रु.२१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोडरहेकोमा भदौ मसान्तमा ५ प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.