आम्दानी घटेसँगै हिमालय उर्जाको नाफामा ४७% को गिरावट
काठमाण्डौ । आम्दानी घटेसँगै र खर्च बढेसँगै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.५५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको कुल आम्दानी २१.१८ प्रतिशतले...

