अन्तिम १५ मिनेटको नियम हटेपछि कमजोर कम्पनीका दिन पुनः सुरु, धमाधम पोजिटिभ सर्किट*
काठमाण्डौ । अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगनसँगै कमजोर अवस्थाका बैंकहरुको मूल्य रकेटको गतिमा अगाडि बढ्न थालेको छ । वित्तीय रुपमा निकै कमजोर रहेका, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा, खराबकर्जा अनुपात निकै दयनीय अवस्थामा रहेका अल्ट्रा लो क्यापका बैंक तथा वित्तीय संस्था र कमजोर अवस्थाका कम्पनीहरुको...

