आउँदैछ ५४ अर्ब बढीको आईपीओ, दोश्रो बजारमा कस्तो पर्ला असर ?
काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओको अनुमति मागेका विभिन्न सेक्टरका कम्पनीहरुको फाइल हेरेर बोर्डले निष्कासनको अनुमति दिइरहेको छ । अहिले बोर्डको पाइपलाइनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ७५ पुगेको छ । आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् ।

