पहिलो त्रैमासमा लगानीकर्ताहरुले ४ अर्ब बढी ब्याज तिर्नुपर्ने, समय थप्ने विषयमा यसो भन्छ राष्ट्र बैंक
काठमाण्डौ। दशैंपछि खुलेको सेयर बजार लगातार २ दिन घटेको छ । २ दिन बजार घट्दा आन्दोलनको क्षति भन्दा बढी लगानीकर्ताहरुले क्षति ब्यहोरेका छन् । दशैंअघि ४४ खर्ब ५२ अर्ब रहेको बजार पूँजीकारण आज बजार बन्द हुँदा ४२ खर्ब ७८ अर्बमा सीमित बनेको छ । यस हिसाबले २ दिनको गिरावटमा लगानीकर्ताको सम्पत्ति १ खर्ब ७५ अर्बले घटेको छ । यसरी बजार घट्नुमा प्राकृतिक विपत्ति , जेनजी आन्दोलन लगाएत...

