तेह्रथुम पावरले ४.१८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही साउन २७ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने...

