काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुलभ अग्रवालले दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीका अनुसार चैत १९ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका अग्रवालको राजीनामा गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको हो।
सुलभ अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा हुन्। हाल अग्रवाल बाबु–छोरा दुवैलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।