सेयरबजारको गिरावटमा लाग्यो ब्रेक, आज सबै समूह हरियाली
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.७६ प्रतिशत अर्थात ४४.२५ अंकले बढेर २ हजार ५४७.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले बढेर ४४४.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४ अर्ब ९७ करोड...

