काठमाण्डौ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
सभा ललितपुरमा रहेको सिद्धार्थ कटेजमा भौतिक तथा भर्चुअल माध्यमबाट हुनेछ ।
बैठकले आगामी वैशाख ६ गते बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभाबाट कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नाम परिवर्तन तथा उद्देश्य थप गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

