काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर सूचीकृत भएको हो ।
शाइन रेसुङ्गाको ३ प्रतिशत दरको कुल १४ लाख ६२ हजार ७१० कित्ता बोनस सेयर र एनआरएनको ४० प्रतिशत दरको कुल ५१ लाख ३७ हजार ४८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

