दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘आगामी यात्रा मौद्रिक नीतिको समीक्षा र बोर्ड अध्यक्षको नियुक्तिमा निर्भर’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५९ प्रतिशत अर्थात १५.८३ अंकले बढेर २ हजार ६८३.२४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले बढेर ४७३.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६ अर्ब...

