नेप्सेको चार्टमा शुटिङ स्टार ‘कि’ लेभलमा अर्डर ब्लक, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । आज दिनभर ठूलो अंकले बढेको बजार अन्त्यमा झिनो अंकले मात्रै बढेर बन्द भएको छ । दिनभर २९ सयको विन्दु भन्दा माथि कारोबार भएको बजार अन्त्यमा २९ सय तल बन्द भएको छ । आजको बजारलाई प्राविधिक रुपमा नियाल्दा यस अघिको प्रतिरोधको विन्दु अर्थात ‘कि’ लेभलमा शुटिङ स्टार बनको देखिन्छ । यद्यपी आजको शुटिङ स्टार आगामी कारोबारमा भ्यालिड र इन्भ्यालिड दुवै हुनसक्छ । स्मार्ट मनी...

