काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युुरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युुरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, अग्रवाल सेक्युुरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज र अनलाइन सेक्युुरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युुरिटिज, इम्पेरियल सेक्युुरिटिज, भिजन सेक्युुरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ९२ करोड ५० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४०.७४ प्रतिशत सेयर खरिद भएको छ भने ५९.२६ प्रतिशत सेयर बिक्री भएको छ ।
