स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पाउन आजसम्म सेयरधनीहरु बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ ।
TRENDING
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पाउन आजसम्म सेयरधनीहरु बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद पाउने भएका छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक ९ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
काठमाण्डौ । वाणिज्य बैंकहरुले पहिलो त्रैमासमै १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको तुलनामा २१.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ मात्रै नाफा कमााएका थिए ।...
काठमाण्डो । आज सेयर बजारले दिनभर २६७० को विन्दुमा प्रतिरोध सामना गरेको छ । कारोबारको पहिलो सत्रमा करिब २० अंक बढेर २६८४ विन्दुसम्म पुगेको बजार पुनः २६६० विन्दुसम्म आयो ।
काठमाण्डौ । आज सेयरबजारमा गिरावट आउँदा नासा सहित ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ४३ करोडको खरिद हुँदा ३१ करोड २३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४१ करोड ४४ लाखको खरिद हुँदा २३ करोड ७९ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा भिजन...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा सेयरबजार प्रगतिको लयमा रहेको बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
काठमाण्डौं । आज वाणिज्य बैंक तथा केही विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका छन् । केहीबाहेकका बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिक प्रतिवेदन लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार नै आएको छ । तर सेयर बजारमा आज यसको जादू भने चलेन । यसरी बजारले गति लिन नसक्नुमा केही बजार बिश्लेषकहरुले राजनीतिक अन्यौलता रहेको बताएका छन् ।...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स सूचक मात्रै बढेको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका...
काठमाण्डौ । साताको चोथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात २०.४१ अंकले घटेर २ हजार ६४५.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४७७.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । केहीको नाफा उछालको गतिमा बढेको देखिएको छ भने एउटा बैंकको नाफामा भने झिनो गिरावट आएको छ । समग्रमा हेर्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु वर्ष अधिकांश विकास बैंकको नाफामा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट गरेको...
काठमाण्डौ । लोनको रिकभरिमा भएको प्रगति र लचक नियामकीय व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकको खूद नाफामा उछाल आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा ५३ करोड ६३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा आर्जित १० करोड ३० लाखको तुलनामा ४२०.५३ प्रतिशतको उछाल हो ।
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ६०.६४ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासम्म कम्पनीले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि १२.९० प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ९ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशतले कम हो । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ५१ करोडले ऋणात्मक छ।
काठमाण्डौ । हिमालयन डिस्टीलरीले खूद नाफालाई उछालको गतिमा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खूद नाफामा निकै फराकिलो बढोत्तरी देखिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५१ लाखमा सीमित खूद नाफा ह्वात्तै बढेर यो वर्ष १९ करोड ८८ लाखको उचाईमा पुगेको हो । यसरी हेर्दा कम्पनीको खूद नाफा अघिल्लो वर्षको समानान्तर समीक्षा अवधिको तुलनामा ८९...
काठमाण्डौ । केही दिनको गिरावटपछि नेप्सेको चार्टमा फेरि आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याटर्न बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिला जस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक अर्थात २४ करोड ४४ लाखको खरिद भएको छ भने १९ करोड २० लाखको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १८ करोाड ४७ लाखको खरिद भएको छ भने १४ करोड ५३ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोड ८६ लाखको खरिद...
काठमाण्डौ । गत साउन महिनामा ३ हजारको विन्दुमा पुगेको नेप्से परिसूचक अहिले घटेर २६६५ को विन्दुमा कायम भएको छ । दुई महिनाको अन्तरालमा सेयरबजार १२.५७ प्रतिशतले घट्न पुगेको छ । देशको अर्थतन्त्र सकारात्मक देखिएपनि पछिल्लो समयको राजनीतिक अस्थिरताका कारण सेयरबजारमा करेक्सन देखिएको बजार जानकारहरुले बताएका छन् । दशैंपछि तीनदिन सेयरबजारमा सुधार देखिएपनि त्यसपछिको दुईदिन...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३०९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ४३९.९० रुपैयाँ थियो ।
काठमाण्डौ । नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा तयार भएको छ । निर्माण सुरु भएको लामो समयपछि अन्ततः बुलको प्रतिमा तयार भएको हो । तर सबै संरचना तयार नभएको भन्दै तत्काल उद्घाटन भने नहुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार नेप्से वरपिरि अन्य संरचना तयार हुँदै गरेको कारण तत्काल उद्घाटन हुनेछैन । सम्भवतः तिहारपछि नै उद्घाटन हुनसक्ने पराजुलीले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.