दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो । पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो...

