बिहीबार, आश्विन २३,२०८२ 12:55:00
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 12:55:00
IME remit
Global IME Bank Limited

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

Hyundai Nepal
रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह
Shivam Cement

काठमाण्डौ । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात/निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनःर्निमाणको पहल गर्न सरकारसमक्ष आग्रह गरेको हो ।

नजिकिँदै गरेको चाडपर्वका बेला उद्योगी, व्यवसायी तथा आम उपभोक्ता प्रत्यक्ष प्रभावित भएको र यसले मुल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराईएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लत्ता कपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीहरुको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको चेम्बरले जनाएको छ ।  

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ दशैँ तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन् । अवरुद्ध भएका तातोपानी र रसुवा नाका समयमा पुनर्निमाण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ ।  

चीनसँग जोडिएको महत्वपुर्ण नाकाहरू लामो समय बन्द हुँदा वैदेशिक व्यापार मात्र होइन, साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि संकटमा परेका छन् । चीनबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, फलफूल, खाद्यान्न, औषधि र अन्य दैनिक प्रयोगका सामग्रीहरू रोकिन पुगेको चेम्बरले जनाएको छ ।

महत्वपूर्ण व्यापारिक नाका खुलाउने विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग सहकार्य गरी तत्काल पहल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।  

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.