कहिले बस्दै छ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा ?, के–के छन् अजेण्डामा ?
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुँदैछ । साविकको आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बनेको हो । मर्जरपश्चात भने यो कम्पनीको पहिलो साधारण सभा हो ।

