अर्थमन्त्रीले सेबोन कर्मचारीको माग सुन्नै चाहेनन्, आन्दोलनमा उत्रिनेमाथि दशैंलगत्तै कारबाही !
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोेन)का कर्मचारीहरुको आन्दोलनका कुनै पनि माग अर्थमन्त्रालयले पूरा नगर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको निर्देशनको कार्यान्वयन गर्दै अर्थमन्त्रालयले राजश्व सचिवस्तरीय निर्णय भन्दै सेबोनलाई असोज २ गते एक पत्र पठाएको थियो ।

