आज पनि घट्यो नेप्से,जानकार भन्छन्,‘अर्थमन्त्रीको स्टन्टबाजीले उभो लागेन बजार ’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.३७ अंक अर्थात ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४...

