नाराबाजीका बीच केही विधेयक पारित गर्दै प्रतिनिधिसभा बैठक जेठ १२ सम्म स्थगित
काठमाण्डौं । प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित गरिएको छ । निरन्तर देखिँदै आएको सत्ता–विपक्षी तनाव र विपक्षी दलहरूको अवरोधका बीच पनि संसद्को नियमित कार्यसूची अघि बढाउँदै बैठक अन्ततः केही दिनका लागि विश्राममा गएको हो ।

