हर्क साम्पाङसहितका सांसदको नाराबाजी, सभामुखले दिए चेतावनी
काठमाण्डौं । प्रतिनिधिसभा बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्डसहित गरेको विरोध प्रदर्शनपछि संसद् हल केही समय तनावपूर्ण बनेको छ। बैठक शुरु हुनेबित्तिकै उक्त पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै विरोधमा उत्रिएपछि संसदीय कार्यसूची प्रभावित भएको थियो।

