युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ: युवा मन्त्री चौधरी
काठमाण्डौ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

