काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।
भट्टराईलाई तिब्बती शरणार्थीका नाममा गैरकानूनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा पक्राउ गरिएको हो।
यस प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौले गत सोमबार जिल्ला अदालत काठमाण्डौमा भट्टराईविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायरका क्रममा उनी अदालतमा उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।