सोमबार, श्रावण १८,२०८३ 06:38:01
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:38:01
Bizshala
Global IME Bank Limited

गणेश नेपाली मृत्यु प्रकरण : छानबिन समितिको सरकारलाई चारबुँदे सुधार सिफारिस

गणेश नेपाली मृत्यु प्रकरण : छानबिन समितिको सरकारलाई चारबुँदे सुधार सिफारिस
New Office

 

काठमाण्डौ । काठमाडौंको त्रिपुरेश्वरमा भएको घटनापछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको प्रकरण छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा मुख्य सुधारका लागि सिफारिस गरेको छ।

उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा गठित समितिले छानबिन पूरा गरी साउन १३ गते मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो।

सरकार र मृतकका परिवारबीच भएको सहमतिपछि मन्त्रिपरिषद्ले साउन ३ गते न्यायिक छानबिन समिति गठन गरेको थियो। समितिले घटनासँग सम्बन्धित व्यक्ति, सुरक्षाकर्मी तथा सरोकारवाला निकायसँग जानकारी लिएर प्रतिवेदन तयार गरेको जनाएको छ।

ट्राफिक व्यवस्थापनमा एउटै निकायको जिम्मेवारी

समितिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा विभिन्न निकायको दोहोरो संलग्नता देखिएको निष्कर्ष निकाल्दै ‘सिंगल ह्यान्डलिङ’ प्रणाली लागू गर्न सुझाव दिएको छ।

ट्राफिक व्यवस्थापनको मुख्य जिम्मेवारी ट्राफिक प्रहरीको भए पनि नगर प्रहरीसमेत संलग्न हुँदा अधिकार क्षेत्र र जिम्मेवारीमा अन्योल सिर्जना भएको समितिको ठहर छ। महानगरपालिका र नेपाल प्रहरीबीच अधिकार तथा जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

सडक सुरक्षा थप मजबुत बनाउन सुझाव

समितिले सडकमा हुने विवाद, दुर्घटना र सुरक्षासम्बन्धी जोखिम घटाउन सडक सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारलाई सिफारिस गरेको छ।

सडक प्रयोगकर्ता, ट्राफिक प्रहरी, नगर प्रहरी तथा अन्य सरोकारवाला निकायको भूमिका स्पष्ट गर्दै सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्ने समितिको सुझाव छ।

राइड सेयरिङलाई कानुनी र व्यवस्थित बनाउनुपर्ने

पछिल्लो समय लोकप्रिय बनेका राइड सेयरिङ सेवाहरूलाई स्पष्ट कानुनी संरचनाभित्र ल्याउन पनि समितिले सिफारिस गरेको छ।

राइड सेयरिङ चालक, यात्रु र सेवा प्रदायक कम्पनीको जिम्मेवारी, सुरक्षा तथा नियमनसम्बन्धी व्यवस्था स्पष्ट नहुँदा विभिन्न समस्या देखिन सक्ने भन्दै सरकारले त्यसलाई व्यवस्थित गर्नुपर्ने निष्कर्ष समितिले निकालेको हो।

तनाव व्यवस्थापनका लागि काउन्सेलिङ सेन्टर

समितिले तनावमा रहेका व्यक्तिलाई समयमै मनोसामाजिक परामर्श उपलब्ध गराउन काउन्सेलिङ सेन्टर स्थापना गर्नुपर्ने सुझाव दिएको छ।

त्यस्ता केन्द्रबाट न्यूनतम शुल्कमा वा निःशुल्क परामर्श सेवा उपलब्ध गराउनुपर्ने र परिवार तथा स्वास्थ्यकर्मीको सिफारिसका आधारमा तनावमा रहेका व्यक्तिलाई तत्काल परामर्श सेवासँग जोड्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रहरी हवल्दारले झापड हानेको पुष्टि

छानबिनका क्रममा प्रहरी वृत्त कालिमाटीबाट खटिएका प्रहरी हवल्दार विकास बुढाथोकीले गणेश नेपालीलाई झापड हानेको तथ्य देखिएको समितिका एक सदस्यले बताएका छन्।

नो पार्किङ क्षेत्रमा मोटरसाइकल राखेको विषयमा काठमाडौं महानगर प्रहरी बलकी सुरक्षाकर्मी मिना नगरकोटी र गणेशबीच विवाद भएपछि प्रहरी हवल्दार बुढाथोकी घटनास्थल पुगेका थिए। विवाद समाधान गर्ने क्रममा उनले गणेशलाई झापड हानेको समितिको छानबिनबाट खुलेको हो।

समितिले घटनामा संलग्न नगर प्रहरी मिना नगरकोटी, मिना तामाङ र प्रहरी हवल्दार बुढाथोकीका सम्बन्धमा पनि सरकारलाई आवश्यक सिफारिस गरेको छ। यद्यपि, उनीहरूमाथि के कारबाही सिफारिस गरिएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन।

न्यायिक समिति गठन हुनुअघि उपत्यका प्रहरी कार्यालयका तत्कालीन डीआईजी गोविन्द थपलियाको नेतृत्वमा गठित समितिले पनि घटनाको प्रारम्भिक छानबिन गरेको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.