भारत र चीनसँग प्रतिस्पर्धा गर्न आइटीको प्रयोग गरौं-निवर्तमान अर्थमन्त्री पुन
काठमाण्डौ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अर्थतन्त्रलाई जति प्रतिस्पर्धी बनाउन सकियो उति नै प्राइभेट सेक्टर अगाडि बढ्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको थिमिमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

