आईतवार, श्रावण १७,२०८३ 05:43:58
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 05:43:58
Bizshala
Global IME Bank Limited

काठमाण्डौ युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन आग्रह

काठमाण्डौ युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन आग्रह
New Office

काठमाण्डौ । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाण्डौ युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

कन्क्लेभका संयोजक राजु टण्डनले प्रतिभाशाली युवाको विदेश पलायन मुलुकका लागि चुनौती भएकाले स्वदेशमै अवसर सिर्जना गर्न निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

कन्क्लेभमा यस वर्षको ‘केवाईसी युथ आइकन अवार्ड २०२६’ विश्वप्रसिद्ध पर्वतारोही मिमा डेभिड शेर्पालाई प्रदान गरिएको थियो । उनलाई नगद एक लाख रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी, इन्जिनियर सुलभ राज श्रेष्ठसहित ‘जेन्जी’ शहीद तथा नायकहरूको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई पचास हजार रुपियाँ नगद सहयोगसहित विशेष सम्मान गरिएको थियो । 

सो अवसरमा सुलभ राज श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठले युवाहरूलाई गुरु र अभिभावकप्रति सम्मानभाव राख्न तथा भ्रष्टाचारविरुद्ध सचेत भएर उभिन आग्रह गरे ।

कार्यक्रमका क्रममा पाकिस्तानको हिमाल क्षेत्रमा हिमपहिरोमा परी पर्वतारोही निर्मल (निम्स) पुर्जा र उनको टोलीको निधन भएको खबर पुष्टि भएपछि उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउँदै युवालाई लक्ष्यप्रति दृढ रहँदै देशको भविष्य निर्माणमा सक्रिय हुन प्रेरित गरे ।

यस्तै, पर्वतारोही कविता नेपाली, हास्य कलाकार मेक्सम गौडेल, सामग्री सर्जक साई ग्रेस, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले, गायक बृजेश श्रेष्ठ, पारस वम ठकुरी (कुल ब्वाइ), कन्टेन्ट क्रियटर कुशुम नेपाल, गायक तथा संगीतकार एसटी म्यान, एक्सपर्ट डाइरेक्टर खेम संग्रौलालगायतले आफ्ना अनुभव र प्रस्तुति प्रस्तुत गरेका थिए ।

एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको कार्यक्रममा एनसेल फाउन्डेसनसहित विभिन्न संस्थाको सहयोग रहेको थियो । कार्यक्रममा शिक्षा, खेलकुद, प्रविधि तथा नेतृत्व विकासका क्षेत्रमा युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.