सोमबार, श्रावण १८,२०८३ 04:06:42
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:06:42
Bizshala
Global IME Bank Limited

९० दिनभन्दा बढी कार्यालय नआएका जियोलोजिष्टमाथि विभागीय कारबाही प्रक्रिया शुरु

९० दिनभन्दा बढी कार्यालय नआएका जियोलोजिष्टमाथि विभागीय कारबाही प्रक्रिया शुरु
New Office

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि बिना सूचना कार्यालयमा अनुपस्थित रहेका खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट गौतम प्रसाद खनालविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ।

नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) पदमा कार्यरत खनाल (कर्मचारी संकेत नं. २०१२९४) २०८२ साउन ९ गतेदेखि हालसम्म कुनै जानकारी वा स्वीकृतिबिना लगातार कार्यालयमा अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको साउन १४ गतेको सचिवस्तरीय निर्णयअनुसार साउन १६ गते सार्वजनिक सूचना जारी गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम खनाललाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो।

सूचनामा लगातार ९० दिनभन्दा बढी अनुपस्थित रहनुको कारण प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र मन्त्रालयमा पेस गर्न भनिएको छ।

मन्त्रालयले तोकिएको अवधिभित्र चित्तबुझ्दो सफाइ पेस नगरे निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) अनुसार कसुर कायम हुने र सोही ऐनको दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.