बिहीबार, श्रावण २१,२०८३ 09:33:19
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:33:19
Bizshala
Global IME Bank Limited

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर दुर्घटना, केही मिनेटमै आगोले पूर्ण रूपमा जलायो

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर दुर्घटना, केही मिनेटमै आगोले पूर्ण रूपमा जलायो
New Office

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। चालकले सडकमा आएको मृगलाई बचाउने प्रयास गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार बिहान साढे ५ बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको थियो।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

आगलागीबाट पेट्रोल बोकेको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि चालक सुरक्षित रहेको र घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनाका बाबजुद महेन्द्र राजमार्गमा सवारी आवागमन भने सामान्य रूपमा सञ्चालन भएको थियो।

दुर्घटनामा संलग्न ट्याङ्करका चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई आवश्यक अनुसन्धानका लागि ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखिएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.