काठमाण्डौ । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
परिसरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो। मृतकको पहिचान भने खुल्न बाँकी छ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।